कांग्रेस सिरहाका प्रभावशाली नेताहरू नेकपा एमालेमा प्रवेश

काठमाडौं, २४ भदौ । नेपाली कांग्रेस सिरहाका प्रभावशाली नेताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरूमा गत निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार महेशकुमार अधिकारी लगायत ११ जना छन् ।
पार्टी प्रवेशका लागि आज शनिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास, बालकोट पुगेका उनीहरूलाई अध्यक्ष ओलीले खादा र अवीर लगाई पार्टीमा स्वागत गरे ।
नेकपा एमाले प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा सिरहा जिल्ला सदस्य राजेन्द्र यादव, क्षेत्रीय प्रतिनिधिहरू सूर्यकुमार यादव, दिलचन्द सिंह, रामएकवाल यादव, विनोद महतो, योगेश कुमार सिंह, क्रियाशील सदस्यहरू चन्द्रकिशोर यादव, मुकेश यादव, रामपुकार साह र माओवादी केन्द्रका रिकेशप्रसाद साह छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेकपा एमाले
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्