Techie IT
बुधबार, जेठ १,२०८२

एनआरएनए सहकोषाध्यक्षमा अमेरिकाबाट पौडलले गरे उम्मेदवारी घोषणा


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्षमा अमेरिकाबाट सिपी पौडलले उम्मेदवारी घोषणा गरेका छन ।

पौडेलले संघको आगामी कार्यकाल २०२३–२५ का लागि सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन । उनी लामो समयदेखि गैरआवासीय नेपालीका हक अधिकारका लागि सक्रिय रहेका अभियन्ता हुन ।

आदरणीय विश्वभरी बसोवास गर्नुहुने दाजुभाई,दिदीबहिनी तथा सामाजीक अभियन्ता ज्यूहरू सादर नमस्कार 🙏
सर्वप्रथम विभिन्न राष्ट्रवाट गैर आवाशिय नेपालि संघको राष्ट्रिय समितिमा निर्वाचित अध्यक्ष ज्यू हरू पदाधिकारी तथा सदस्य ज्यूहरू, अन्तराष्ट्रिय समन्वय परिषद सदस्यमा निर्वाचित अभियन्ता ज्यूहरू प्रति हार्दिक बधाई तथा यहॅाहरूको सफल कार्यकालको शुभकामना ब्यक्त गर्न चाहान्छु ।साथै २०२३-२०२५ का निम्ति अन्तराष्ट्रिय सम्मेलनमा छनौट हुनुभएका प्रतिनिधि अभियन्ता ज्यू हरूमा हार्दिक बधाई दिन चाहान्छु ।
मित्रहरू गैर आवाशिय संघको यो विश्वब्यापी अभियानको महत्वपूर्ण समयमा हामिमा एक आपसमा मिलेर अगाडी बढनुपर्ने समयमा एक अर्का प्रति ब्यक्तिगत गूट उपगूट पैदा गरी संस्था नै विभाजित गर्ने पद्वति र प्रक्रियाप्रति दुख ब्यक्त गर्दै सबैमा यस अभियान सफल बनाउनका निम्ति आफ्ना ब्यक्तिगत आरोप, प्रत्यारोप,विभाजन रोक्दै एकजुटसग अघि वढन अनुरोध गर्न चाहान्छु ।
साथीहरू,
राष्ट्रिय समिति एन आर एन ए को यो अभियानमा मलाई यहाहरूवाट जुन किसिमको सहयोग र बिस्वाश प्राप्त भयो यसलाई मैले आफ्नो अमूल्य निधीका रूपमा लिएको छु । यहॅाहरुले मलाई एन आर एन ए राष्ट्रिय समिति अमेरिकामा आफ्ना अमुल्य सहयोग, सदभाव र मार्गनिर्देशन प्रदान गर्नु भयो त्यस बिश्वासलाई उच्च सम्मान गर्दै आफुले हासिल गरेको अनुभव र जिम्मेवारी लाई सस्थागत गरी जन्मथलो र कर्मथलो विचको सम्बन्धलाई स्थायित्व दिन हामि प्रवासी नेपालीको समस्यालाई सम्बोधन गरी यस सामाजीक अभियानलाई निरन्तरता दिने मैले संकल्प बोकि यहॅाहरू विच प्रस्तुत हुने जमर्को गरेको छु यसै सन्दर्भमा तपाईहरूको प्रतिनिघिको रूपमा गैर आवासिय नेपालि सध अन्तराष्ट्रिय समन्वय परिषद सह-कोषाध्यक्ष (२०२३-२०२५) का निम्ति यहि अक्टोवर १७-१९ मा सम्पन्न हुने निर्वाचनमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु “म भाग्यमा हैन कर्ममा विश्वास गर्दछु कुनै गुट को हैन सम्पूर्ण प्रवासी नेपालिको साझा प्रतिनिधिको रूपमा”लिई यहॅाहरूको अमुल्य मतदानको अपेक्षा राखेको छु त्यसैले यस सस्थालाई पारदर्शिता, विश्वसनिय र समावेशी निर्माणमा सबैको सहभागिता रहने आशा लिएको छु अन्तमा सबैले उम्मेदवार साथिहरूको गलत पक्षलाई विर्सदै सामाजिक सेवामा साथिहरूले पुर्याउनु भएको महत्वपूर्ण समयको सम्मान गर्दै २०२३-२०२५ का निम्ति सबैको जवाफदेहि टिम छनौट गरिदिनुहुन सादर अनुरोध गर्दछु !!!
गैर आवाशिय नेपाली संध
अन्तराष्ट्रिय समन्वय परिषद
सह-कोषाध्यक्ष पदको उम्मेदवार
सिपि पौडेल
अमेरिका
☎️ १-६८२-२२७-५५४४
ईमेल-cp.paudel@gmail.com


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिपी पौडल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Fair
5:13 am6:46 pm +0545