अग्रज पत्रकार थापाले स्थापना गरे संखुवासभामा “पाँचखपन पत्रकारिता पुरस्कार”
खाँदबारी । सङ्खुवासभा जिल्ला पाँचखपन नगरपालिकाका निवासी अग्रज पत्रकार बलबहादुर थापाले “पाँचखपन पत्रकारीता पुरस्कार” स्थापना गर्नुभएको छ ।
पत्रकार महासंघ सङ्खुवासभाले सञ्चालन गर्ने गरि १ लाख रुपैयाँकाे पत्रकारीता पुरस्कार स्थापना गर्नुभएको हो ।
उक्त काेषबाट बार्षिक रुपमा एक जना सङ्खुवासभाका पत्रकारलाई ११ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । विशेष गरि पाँचखपन नगरपालिका भित्रका विभिन्न पक्षहरुकाे खाेजमुलक समाचारहरु लेख्ने पत्रकारहरु मध्ये एक जनालाई पुरस्कार दिईने छ । जस्काे लागि एक छनाैट समिति पत्रकार महासंघ सङ्खुवासभाले गठन गर्नेछ ।
पत्रकारीता पुरस्कार काेषकाे संरक्षक बलबहादुर थापालाई राखिएकाे पत्रकार महासंघ सङ्खुवासभा अध्यक्ष ईन्द्र गिरीले जानकारी दिनुभयाे ।
क्याटेगोरी : विशेष, समाचार
ट्याग : #hot, #नेपाल पत्रकार महासंघ संखुवासभा, #पाँचखपन पत्रकारिता पुरस्कार, #बलबहादुर थापा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्