जी–२० शिखर सम्मेलन आजदेखि, विश्वका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा
काठमाडौं, २३ भदौ । जी–२० शिखर सम्मेलन आजदेखि भारतको राजधानी नयाँदिल्लीमा सुरु हुँदैछ ।
आज शनिबार र भालि आइतबार नयाँदिल्लीस्थित प्रगति मैदानमा अयोजना हुने युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठन जी–२० शिखर सम्मेलनमा भाग लिन विश्वका शक्तिराष्ट्रका नेताहरू नयाँदिल्लीमा पुगेका छन् ।
सम्मेलनको लागि अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, जापानी प्रधानमन्त्री फुमियो किशिदा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेज, नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबु, मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथ, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, सुल्तान र ओमानका प्रधानमन्त्री हैथम बिन तारिक, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा, रुसी विदेशमन्त्री सर्गेई लाभरोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस दिल्ली पुगिसकेका छन् । उनीहरुलाई हिजो शुक्रबार नयाँदिल्लीमा परम्परागत भारतीय लोकनृत्य र संगीतका साथ भव्य स्वागत गरिएको थियो ।
सम्मेलनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ अनुपस्थित हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरु अनुपस्थितिको कारण भने खुलाइएको छैन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा हुन लागेको जी–२० शिखर सम्मेलनले मानव केन्द्रित र समावेशी विकासतर्फ नयाँ बाटो तय गर्ने बताएका छन् ।
सम्मेलनमा खाद्य तथा ऊर्जा सुरक्षादेखि स्वच्छ ऊर्जा अपनाउने र जलवायु परिवर्तनसम्मका विविध विषयमा विस्तृत रूपमा छलफल हुने बताइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जी–२० शिखर सम्मेलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्