मिस ग्राण्ड नेपालले पाँच प्रतियोगि हरुलाई अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पठाउने
पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिभाशाली सुन्दरीहरुको सहभागिता सुनिश्चि गर्दै मिस ग्राण्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यता पूर्वका राजधानी शहरमा सम्पन्न भएको छ । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा सलिना नेपालले मिस ग्राण्ड वर्ल्ड नेपालको ताज पहिरिन सफल भइन् । उपाधि विजेता भएसंगै उनले बज्र एंड बज्र ग्रुपको विद्युतिय स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन् ।
प्रतियोगितामा प्रशंसा उप्रेतीले फेश अफ ब्युटी इन्टरनेसनल नेपाल, करुणा दाहालले मिस औरा इन्टरनेसनल नेपाल, ब्रिटिना आलेले मिस ग्रान्ड युनिभर्सल नेपाल तथा लक्ष्मी बुढा मगरले मिस ग्लोबल इन्टरनेसनल नेपालको ताज पहिरिएसंगै आ आफ्नो उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेका छन् ।
पाँचै जना विजेताले नगद पुरस्कार, एक लाख बराबरको थान्का, नेपाली चलचित्रमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा सेन्ट्रल फेसन हब कोटेश्वोर र कुपन्डोलका फेसन डिजाइनर, बिधार्थीहरुले फिनाले वार्डरोब र प्रिति शाक्यले ओपिनिङ्ग वार्डरोब तयार पारेका थिए जस्मा डिजाइनर, सुभाषिनी सिंहको निर्देशन थियो । प्रतियोगिताको कोरियोग्राफी र संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन् । प्रतियोगितामा विभिन्न प्रदेशगत विजेता अनुसार सुदुर पश्चिम प्रदेश अनुशा मदै, कर्णाली प्रदेश लक्ष्मी बुढा मगर, लुम्बिनी प्रदेश ब्रिटिना आले, बागमती प्रदेश सब्बु महर्जन, मधेश प्रदेश ज्योति गिरी, कोशी प्रदेश दृष्टि मगरलाई विजेता चयन गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #मिस ग्राण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्