Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापा पदमुक्त


काठमाडौँ/ सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् । कोशी सरकारले लिएको विश्वासको मतको विरुद्ध परेको रिटमाथि न्यायाधीश सपना मल्ल प्रधान, कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले यहि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले प्रदेश सभा संचालन गरिरहेका सांसद इस्राइल मन्सुरीले पनि विश्वासको मत सर्वोच्चले बदर गरेको हो ।

साथै सर्वोच्चको पूर्ण इजलासले ४८ घण्टाभित्र ठुलो दलको नेतालाई कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको नाममा परमादेश जारी गरेको छ । साथै सर्वोच्चले आदेशमा विभिन्न विकल्प प्रस्तुत गरेको संविधानको धारा १६८ को उपधारा ३ अनुसार नै जानुनै स्वस्थ संवैधानिक निकास हुने देखिएको आदेशमा उल्लेख छ । आदेशमा ४८ घण्टाभित्र ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न भनिएको छ ।

कोसीमा एमाले सबैभन्दा ठूलो दल रहेको छ भने दलको नेता हिक्मत कार्की रहेका छन् । यहि भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा ज्येष्ठ सदस्यको हैसियतले संसद चलाएका इस्राइल मन्सुरीले पनि विश्वासको मत दिएपछि एमालेले सर्वोच्चमा रिट दायर गरेको थियो । यस मुद्दामा सर्वोच्चले भदौ ७ गतेको सुनुवाइ गर्दै कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न आदेश गरेको थियो । साथै सर्वोच्चले यस मुद्दालाई अग्राधिकार दिएर पूर्ण इजलासमा पठाउन आदेश दिएपछि पूर्ण इजलासमा यसको सुनवाई भएको हो । यसअघि तत्कालिन सभामुख बाबुराम गौतमले उद्धव थापालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेपछि सर्वोच्चको पूर्ण इजलासले सभामुखलाई सो अधिकार नहुनेभन्दै मुख्यमन्त्री थापाको नियुक्ति नै बदर गरेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #उद्दव थापा


तपाईको कमेन्ट लेख्नुहोस्