Techie IT
सोमबार, जेठ ११,२०८३

कान्तीमा भएको ५ बर्षीय बालीकाको मृत्युको जिम्मेवारी अस्पतालले लिनुपर्नेः एमाले सचेतक वर्तौला


काठमाडौं, नेकपा एमालेका सचेक महेश वर्तौलाले कान्ती बाल अस्पतालमा गत १८ गते भएको एक बालिकाको मृत्यु बारे संसदमा बोल्दै अस्पतालको चरम लापरबाहीका कारण मृत्यु भएको र त्यसको सम्पुर्ण जिम्मेवारी अस्पताल व्यवस्थापन, अस्पताल निर्देशक तथा स्वास्थ्य मन्त्राललयले लिनुपर्ने बताए ।
उनले अस्तालको लापरबाहीले गर्दा एउटा बाबुको सपना तुहिएको र परिवारमा दुःख परेको उल्ल्ेख गर्नु भयो । सचेतक वर्तौलाले सदनमा बोल्दै भन्नु भयोः “जित बहादुर गोपाली यतिवेला पोर्चुगलमा हुनुहुन्छ । आफ्नो छोरीको सुन्दर भविश्यको सपना बोकेर उचित शिक्षा दिक्षा दिउँला भनेर, छोरीको भविश्य उज्वल बनोस भनेर उनि एक वर्ष देखी पोर्चुगलमा छन् ।
उनको एउटा मात्रै सन्तान हुन् ५ बर्षे रेजीसा गोपाली । तर उनको सपना चकनाचुर भयो । उनको सपना कान्ती बाल अस्पतालको चरम लापरबाही, गैरजिम्मेवारीपनका कारणले गर्दा चकनाचुर भयो ।” वर्तौलाले अस्पातलले ईमर्जेन्सीको उपचारका लागि दुई घण्टा सम्म डाक्टर भेट्ने पालो नदिँदा तथा अस्पतालका पालेलाई बालिकाकी आमाले अनुनय विनय गर्द पनि भित्र प्रवेशमा ढिलाई गर्दा मृत्यु भएको उल्लेख गर्दै मृतक बालिकाको पिडीत परिवारले न्याय पाउनु पर्ने बताउनु भयो ।
उनले अस्पताल व्यवस्थापन तथा अस्पताल निर्देशकलाई छानविनको दायरामा ल्याउन माग गर्दै पिडीत परिवारलाई आवश्यक क्षेतीपर्ती दिन माग गर्नुभयो ।
उक्त बालिका मकवानपुरको थाहा नगरपालिका १० की हुन् र उनी आफ्ना आमा संग काठमाण्डौको बाफल वस्दै आएकी थिईन ।

 


क्याटेगोरी : समाचार
ट्याग : #एमाले सचेतक वर्तौला


तपाईको कमेन्ट लेख्नुहोस्