राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई गण्डकी गाउँपालिकाको निर्देशन

गोरखा, २० भदौ । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।
“शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षक तथा निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ”, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले भने, “त्यसले कोही पनि राजनीति कार्यक्रममा सहभागी हुन पाइदैन् । गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय सजाय हुन्छ ।” सामाजिक सञ्जालमार्फत राजनीतिक कार्यक्रममा शिक्षकको सहभागिता भएको सन्र्दभमा गाउँपालिकाको गम्भीर ध्यानकर्षण भएको भन्दै उनले सार्वजनिक गुनासो र चासोका आधारमा शिक्षकलाई सूचनामार्फत सचेत गराएको बताए ।
प्रशासकिय अधिकृत उपरकोटीका अनुसार विद्यालयलाई राजनीतिक कार्यक्रमको आयोजनास्थल बनाइ राजनीतिक कार्यक्रम नगर्नरनगराउन पनि गाउँपालिकाले भनेको छ ।
विभिन्न राजनीतिक दलका कार्यक्रममा गण्डकी गाउँपालिकाभित्रका सामुदायिक विद्यालयका भवनकोसमेत प्रयोग भएको भन्ने सूचना तथा फोटो सामाजिक सञ्जालमार्फत कार्यालयलाई प्राप्त भएको भन्दै त्यसतर्फ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको पालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
विद्यालयको भवनमा राजनीतिक कार्यक्रम दिएमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले सोको जिम्मेवारी लिनुपर्ने भन्दै त्यसका लागि पालिकाले आवश्यक प्रक्रिया अघि बढाइ कारबाही गर्ने चेतावनी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी गाउँपालिका
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्