Techie IT
मंगलबार, जेठ १२,२०८३

गैरआवासीय नेपाली नागरिकता मन्त्रीपरीषदबाट पारित,नागरिकताको बाटो खुल्यो


काठमाडौँ,बर्षौदेखी विदेशमा रहेका गैरआवासीय नेपाली (एनआरएन) हरुले नेपाली नागरिकता पाऊने बाटो खुलेको छ । गैरआवासीय नेपालीलाई नेपाली नागरिकता दिने प्रावधानसहितको नागरिकता नियमावली मन्त्रिपरिषदले पारित गरेकाले गैरआवासीय नेपाली नागरिकता पाउने बाटो खुलेको हो ।
नागरिकता सम्बन्धी संधोधित ऐन गत जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरे पनि नियमावली भने अझै बनेको थिएन । तर १२ भदौमा बसेको मन्त्रिपरिषद बैठकले नियमावली पारित गरेको छ । यसको औपचारिक घोषणा भने सरकारले गरेको छैन ।
गैरआवासीय नेपाली नागरिकता नियमावली पास गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सक्रियता र जोडबल रहेको थियो । प्रधानमन्त्री प्रचण्ड सधैँ प्रवासमा रहेका नेपालीहरुको हक अधिकार प्रति सकारात्मक भएकाले उनकै पहलमा गैरआवासीय नेपाली नागरिकता मन्त्रीपरिषदबाट पारित भएको हो ।

गैरआवासीय नेपाली नागरिकता लिएपछि नेपालमा लगानी गर्न, सम्पत्ति राख्न लगायतका काम गर्न गैरआवासीय नेपाली नागरिकलाई सजिलो हुनेछ । यो नागरिकता लिएपछि राजनीति गर्न र भोट हाल्न पाइने छैन भने सरकारी जागिर खान वा नियुक्ति खान पाइनेछैन ।
बिशेषगरि अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा,युरोप लगायतका देशमा गई काम गरेर ती देशको नागरिकता लिइसकेका नेपाली मूलका नागरिकलाई गैरआवासीय नेपाली नागरिकता जरुरी रहेको छ । उनीहरुले नेपालमा सीप र लगानी भित्रयाउन कानुनी अडचन आएको भन्दै गैरआवासीय नेपाली नागरिकता दिन माग गर्दै आएका थिए ।

गैर आवासिय नेपाली संघले बर्षौदेखी एकपटकको नेपाली सँधैको नेपाली हो भन्दै गैरआवासीय नेपाली नागरिकताको माग गर्दै आएको थियो ।
आफूलाई राजनीतिक अधिकार नचाहिने, केवल आर्थिक र सांस्कृतिक अधिकार भएको नागरिकता दिए पुग्ने उनीहरुको माग रहेको थियो । नागरिकता पाएपछि उनीहरुलाई आम नेपाली नागरिक सरह नेपालमा हरेक व्यवसायमा लगानी गर्ने र सम्पत्ति राख्ने सुविधा प्राप्त हुनेछ ।
गैरआवासीय नेपाली नागरिकता प्राप्त हुँदै गर्दा धेरैजसो गैरआवासीय नेपाली खुसी छन भने केहीले भने आफूले भनेको जस्तो नभएको भन्दै आईरहेका पनि छन । नयाँ नागरिकता अंगीकृत भएको र उनीहरुको वंशजको नागरिकताका नाता टुटेको भन्दै केही गैरआवासीय नेपालीले यसलाई वंशजको श्रेणीमा राखिदिन माग गरिरहेका छन । यो नागरिकता लिन नेपाली नागरिकता त्यागेको निस्सा पेश गर्नुपर्ने छ । अधिकांश विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीहरुले अझै पनि नेपाली नागरिकता नत्यागेको हुँदा पहिले उनीहरुले नेपाली नागरिकता त्याग्नुपर्ने छ र त्यसपछि मात्र गैरआवासीय नेपाली नागरिकताका लागि आवेदन दिन सक्नेछन । आवेदनका साथ आफू वा आफ्नो आमा–बुबा, हजुरबुबा–हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्नेछ । त्यसपछी मात्रै नागरिकता प्राप्त हुन्छ ।गैरआवासीय नेपाली नागरिकता मन्त्रीपरिषदबाट पारित भएकोमा
गैरआवासिय नेपाली संघ एनआरएनएले खुशी ब्यक्त गरेको छ ।

एनआरएनएका अध्यक्ष कुल आचार्यले
आफ्नो र संघको बर्षौदेखीको माग एकपटकको नेपाली सँधैको नेपाली हुनुपर्ने रहेको जनाउदै सरकारले मन्त्रीपरिषदबाट गैरआवासीय नेपाली नागरिकता बिधेयक स्विकृत गरेकोमा प्रधानमन्त्रीलगाएत नेपाल सरकार र सरोकारवाला सबै निकायलाई धन्यवाद ब्यक्त गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गैरआवासीय नेपाली नागरिकता


तपाईको कमेन्ट लेख्नुहोस्