सरकारले जग्गा दिए स्टेडियम बनाउन महानगरले पहल गर्छ: मेयर साह

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाकाले मेयर बालेन साह एसिया कप अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका नै पुगेका थिए ।
सोमबार भएको खेलमा नेपाल भारतसँग पराजित भएको छ । नेपाल भारतबीचको खेल हेरेपछि मेयर बालेनले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट स्टेडियम बनाउन पहल गर्ने घोषणा गरेका छन् ।
खेलपछि सामाजिक सञ्जालमा लेख्दै बालेनले एकसय रोपनी जग्गा उपलब्ध भए स्टेडियम बनाउन पहल गर्ने बताएका हुन् ।
‘नेपाल सरकारले काठमाण्डौ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाण्डौ महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौं । यस्तो मात्रै रंगशाला र केहि ठुला खेलहरु हुने हो भने खेल विकास हुन सक्छ । र, एकै खेलबाटै करोडौँ रकम आर्जन हुन सक्छ । त्यो बाहेक खेलाडि र तल्लोतहमा सिकाइ सुविधाका लागि अबको ३ बर्षमा सकेसम्म हरेक वडामा एक हुने गरी बलिङ नेट राख्ने प्रबन्ध पहिले नै गरिसकेका छौँ’ उनले लेखेका छन् ।
बालेनले श्रीलंकाको पल्लेके क्रिकेट स्टेडियममा नेपाली समर्थकहरू १५ सय २ हजारको संख्यामा विभिन्न देशबाट पुगेका उल्लेख गरेका छन् । श्रींलंकाको अध्यागमन चकित पर्ने गरी नेपालीहरू श्रीलंका पुगेका उनले लेखेका छन् ।
उनले खेलका क्रममा सुरूमा भारतीय खेलाडिको हाउभाउ नेपालीलाई सजिलै जितिनेमा ढुक्क भए जस्तो देखिएका लेख्दै उनले जसै खेल बढ्यो, जसै नेपालको ब्याटिङ अगाडि बढ्दै गयो, तब भारतीय खेलाडिहरुको हाउभाउ पुरै रक्षात्मक बनिसकेको र त्यहि बेला नेपालले क्रिकेट जित्एको उनले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेन साह
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्