खुकुरी प्रहार गरि बुहारीको हत्या गर्ने जेठाजु पक्राउ
खुकुरी प्रहार गरि बुहारीको हत्या गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने २५ वर्षीया अञ्जना लामा महतलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मृतकका आफ्नै जेठाजु ३५ वर्षीय उज्वल महतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
उज्वलले धारिलो हतियार खुकुरी प्रहार गर्दा अञ्जनाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरीले उज्वललाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बुहारीको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्