सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै धम्की दिएका मेयर साहले गरे फेसबुक स्टाटस ‘डिलिट’
काठमाडौं, १८ भदौ । सिंहदरबारमा आगो लगाइदिन्छु भन्दै सरकारप्रति आक्रोशित भएका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नो फेसबुक स्टाटस ‘डिलिट’ गरेका छन् ।
श्रीमती सविना काफ्ले चढेको महानगरको गाडी रोकेर प्रहरी सुरक्षाकर्मीले केरकार गरेको भन्दै बालेन सरकारप्रति आक्रोशित भएका थिए । मेयर बालेनले सरकारलाई चोरको संज्ञा दिँदै सिंहदरबार जलाइदिने धम्की दिएका थिए । बालेनको सचिवालयले भने सुत्केरी पीडामा रहेकी सविनलाई प्रहरीले दुर्व्यवहार गरेको दाबी गर्दै हिजो वक्तव्य जारी गरेको थियो ।
‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’ मेयर बालेनले शनिबार राति लेखेका थिए । उनले सोही स्टाटस फेसबुकबाट हटाएका हुन् ।
देशको मुख्य प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाउने धम्की दिएपछि उनको चौतर्फी आलोचना भएको थियो । मेयर साहले दिएको अभिव्यक्तिको विषयमा हिजो आइतबार गृह मन्त्रालयलमा छलफल भएको थियो । सरकारले उनीमाथि कारबाहीको प्रकिया अघि बढाउने तयारी गरेसँगै उनले आफ्नो स्टाटस हटाएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बालेन साह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्