Techie IT
मंगलबार, जेठ १२,२०८३

एमालेनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा नेपाल, उपाध्यक्षमा खनाल सर्वसम्मत


काठमाडौं । नेकपा एमालेनिकट प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघको अध्यक्षमा वासुदेव नेपाल सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा शनिवार सम्पन्न प्रथम महाधिवेशनबाट नेपालको नेतृत्वमा कार्य समिति सर्वसम्मत चयन भएको निवर्तमान अध्यक्ष विष्णु पोखरेलले जानकारी दिए ।

अधिवेशनबाट उपाध्यक्षमा दीपक खनाल, सुष्मा आचार्य मैनाली र बालकृष्ण विष्ट गगन चयन भएका छन् भने महासचिवमा रविन केसी निर्विरोध भएका छन् ।

कमिटीको सचिवमा कृष्ण कँडेल, रामचन्द्र केसी र विश्व कल्याण अधिकारी चयन हुँदा कोषाध्यक्षमा राम थापा चयन भएका छन् ।

सदस्यहरूमा पवित्रा थापामगर, सुनिल खतिवडा, मेनुका ढुंगाना, बलराम आचार्य, छत्र बहादुर विष्ट, सूर्यमोहन आचार्य, नीराजन शिवाकोटी,यज्ञविलाश पौडेल,पुष्पराज पहराई र रविन तिमल्सिना निर्वाचित भएका छन् ।

केन्द्रिय उपाध्यक्ष दिपक खनाल  LMEC GLOBAL का Founder CEO (एल.एम.ई.सि) ग्लोबलका संस्थापक सीईओ हुनुहुन्छ ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले अधिवेशनको उद्घाटन गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #दिपक खनाल


तपाईको कमेन्ट लेख्नुहोस्