Techie IT
आईतबार, जेठ ५,२०८२

जुम्ला बाट मुगु तर्फ आउदै गरेको जीप दुर्घटना: दुई जनाको मृत्यु


मुगु १७ भदौ । कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटनामा परेको छ ।

नाग्म गमगढी सडकखण्डको जुम्लाको गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको हो । बिहान ६ बजेतिर मुगु तर्फ आउदै गरेको जिप जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ छलपुनेरा भन्ने स्थानमा भे १ ज १०९९ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

जिप सडकबाट करिब ३ सय मिटर तल खसेको र जिपमा २ जना मात्र सवार रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

कार्यालयका अनुसार दुर्घटना परी मुगुका दुई जनाको घटनास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

उनका अनुसार घटनास्थलमै चालक र सहचालक दुवैको मृत्यु भएको छ भने मृतकको पहिचान भने नखुलेको जनाए ।


क्याटेगोरी : समाचार
ट्याग : ##जिप दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:11 am6:48 pm +0545