Techie IT
बुधबार, जेठ १,२०८२

एकता प्रक्रिया अगाडि बढाउन एनआरएनए उपाध्यक्ष शर्माको अनुरोध


अस्ट्रेलिया । गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले एकता प्रक्रिया अगाडि बढाउन अनुरोध गरेका छन ।

एनआरएए अस्ट्रेलियाको साधारण सभा तथा नेतृत्व हस्तान्तरण कार्यक्रममा सहभागी हुन अस्ट्रेलिया पुगेका शर्माले सबैको एउटै उद्देश्य भएको हुँदा मिलेर अगाडि बढनुपर्ने बताए ।

एनआरएनए अस्ट्रेलियाको कार्यक्रममा शर्माले एनआरएन अभियानमा पूर्व अध्यक्ष शेष घलेको भूमिका पनि उतिकै महत्त्वपूर्ण रहेको हुँदा सबै पक्ष मिलेर जानुपर्नेमा जोड दिए ।

“सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा दुवै पक्षले एकतामा जाने गरेको हस्ताक्षर अनुसार अगाडि बढ्नुपर्छ,”शर्माले भने,“सबैको उद्देश्य नेपाललाई सम्बृद्द बनाउने भएको हुँदा मिलेर जानुको विकल्प नभएको शर्माले बताए ।

शर्माले आइसीसीमा हुने निर्वाचनको प्रभाव एनसीसीमा देखिन नहुँने भन्दै अभियानलाई विभाजन गर्ने तर्फ नगएर एकताको कार्यमा अगाडी बढनुपर्नेमा जोड दिए ।

उनले नेपालबाट विदेश आएका नेपालीहरूको एउटै उद्देश्य रहेको भन्दै सबैको साझा समस्यालाई एनआरएनए अभियानले समाधान गर्नुपर्ने बताए ।

शर्माले यो पटकको एनसीसीको निर्वाचन विवाद रहित तरिकाले सम्पन्न भएको भन्दै अभियान अब नयाँ ढंगले अगाडि बढ्ने बताए ।

“अभियानको पवित्र उद्देश्यमा हामीहरूले सामाजिक सेवालाई निरन्तरता दिएर आर्थिक विकासको लागि काम गर्नुपर्छ,”शर्माले भने,“हाम्रो उद्देश्य नेपाललाई विकसित देश बनाएर छिट्टै विदेशबाट फर्कने हो।”

आगामी अधिवेसन सन २०२३ र २५ मा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका शर्मा अहिले ओसियाना क्षेत्रमा रहेका छन ।

अस्ट्रेलियामा एनआरएन अभियन्तासँग भेटेर शर्माले सुझाव लिइरहेका छन । अस्ट्रेलिया भ्रमण सकेपछि शर्मा आइतबार न्युजिल्याण्ड जाने तयारीमा रहेका छन ।

शर्माले नेतृत्वको लागि युरोप,जापान तथा मलेसियाको भ्रमण गरेर गैरआवासीय अभियन्तासँग छलफल तथा अन्तरक्रिया सम्पन्न गरिसकेका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजेन्द्रकुमार (आरके) शर्मा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:13 am6:46 pm +0545