रायमाझी परिवारको “नक्कले भिनाजु ७” तीज गीत सार्बजनिक
काठमाडौँ,पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछी अर्को गरि लगातार तीजका गीत र अन्य गीतहरु आइरहेका छन । तिज नजिकिएसङ्गै कलाकारबिच तीजको गीत सार्वजनिक गर्ने प्रतिस्प्रर्धा नै शुरु भएको छ । यसैक्रममा रायमाझी परिवारको “नक्कले भिनाजु ७ कालो चस्मा खै” बोलको तीज गीत शुक्रवार सार्वजनिक भएको छ । उक्त गीत बजारमा आएपछि गीतले चर्चा पाएको छ ।
बिशाल रायमाझीको शब्दरसंगीत रहेको “नक्कले भिनाजु ७” बोलको तीज गीतले अहिले बजार तताएको छ । गीतमा गायक बिशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको सुमधुर आवाज रहेको छ भने सुरबीर पण्डित (दारी बा) बिशाल रायमाझी,एलिना रायमाझी र सन्ध्या क्षेत्रीले भिडियो खेलेका छन ।
राजकुमार मगरको निर्देशन बिजय बुढा मगरको कोरियोग्राफी प्रकाश खड्काको छायांकन र राजकुमार मगरको सम्पादन रहेको उक्त गीत
बिशाल रायमाझीको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ । उक्त गीत हेरेर प्रतिकृया दिनको लागी रायमाझी परिवारले सबै लोकसंगीतप्रेमी दर्शकलाई अनुरोध गरेका छन ।
यो गीतबाट आफूले ठुलो आपेक्क्षा राखेको गायक बिशाल रायमाझीले बताए । उनले आफ्ना अघिल्ला गिती संग्रह जस्तै यसलाई पनि माया गरिदिन आग्रह गरेका छन ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य, समाचार
ट्याग : #बिशाल रायमाझी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्