गोरखा ताकुकोट सेवा समाज काठमाडौंको आयोजनामा गाईजात्रा कार्यक्रम सम्पन्न
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]
काठमाण्डौं । गोरखा९ताकुकोट सेवा समाज काठमाडौंले विहिबार काठमाण्डौँ बनस्थलीबाट गाईजात्रा निकालेको छ । वनस्थलीबाट सुरू भएको गाईजात्रामा पाचँ सय देखी माथीको उपस्थितमा खरिबोट तुफान चोक राधाकृष्णमन्दिर नर्सरी चोक हुदै ढुङ्गेधारा चोक हुँदै बनस्थली चोक अक्सफोर्ड ड्राभिङ सेन्टरमा आई समापन भएको थियो । जात्रामा पाँच सय देखी माथीको संख्यामा ताकु एवं गोरखा पुख्र्यौली थलो रहेकाको सहभागीता रहेको थियो ।
विगत ६ वर्ष देखि नियमित बर्षहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिकाबाट र वडा न ६ ताकुकोटबाट काठमाडौँ आई विभिन्न पेसा व्यवसाय गरि बस्ने सबै जातजातीहरू मिलेर संंंयुत्त रूपमा गाईजात्रा मनाउने गर्दै आएका छन् । गोरखा ताकुकोट सेवा समाज काठमाडौँले आफ्नो गाउँठाउँमा मनाउने गरिएको परम्परागत संस्कृतिलाई संरक्षण गर्न गाईजात्रा निकाल्ने गरेको छ।
बर्ष भरिमा मृत्यु वरण गरेका आफन्तहरुको सम्झनामा महिला बिते मान्छेलाई नै सिगारेर गाई निकाल्ने र पुरूष बिते मान्छेलाई सिगारेर आफ्नै परिवार भित्रकालाई सिगारेर गोरू निकालिन्छ। आफन्त मृत्यु भएकाहरूले मृत्यु हुनेहरूको सम्झनामा फलफूल खुवाउने गर्दछन् भने जात्रामा ठुलो बाजा, झुर्मा पनि बजाईन्छ ।
यसैगरि आज पनि गोरखा ताकुकोट सेवासमाज काठमाडौंले गाईजात्रा निकालेको छ। यो जात्रामा मान्छेलाई सिगारेर काठको घोडा जस्तै बनाइन्छ र पितलको फुली लगाईन गोलो पाइपमा कपाडाले मोडिन्छ र चार देखि माथि जति पनि नाच्च सकिन्छ । घोडा र ,सिमालि लिएर नाचिने चिलदार हुन्छ । घोडा भन्दा अगाडी दश देखी माथी जति पनि हुन्छन ।
अर्को विभिन्न भेषभषसामा सबैलाई हसाउने गतिविधि हुन्छ। अर्को गाईको नानीहरू हुन्छन । जसको टाउकोमा लेखिएको हुन्छ र अन्य महिलाको कपडा लगाएर दश देखी धेरै रहन्छन् । गाईको नानीलाई भुसुना पनि भनिन्छ।
गाईको नानीहरूलाई पानी खुवाउने एकजना महिलाको भेषमा सजिन्छन र सबैलाई पानी खुवाएझै गरी नाच्छ।
अर्को रोचक भनेको घोडा जुधाउने हुन्छ । दुई वा तिन दुबै तिर बराबर बसेर बीचमा एक एक जनाले गाईड गरेर बाजाको तालमा जुदाउने र उफ्रने हुन्छ । घोडा जुदाई कुन पक्षले जित्छ भनेर हेर्न रोचक हुन्छ ।
अर्को टाकटुके दुई दुई वटा तिन फिट छतिको लट्ठी लिएर दुवैतिर बराबर लठ्ठी लिएको महिला वा पुरुष लाइनमा बसेर मादलको तालमा लट्ठी जुधाउने र साटिएर फर्किएर खेल्ने गरिन्छ । जसलाई टाकटुके भनिन्छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्