Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

सांसद मोहन आचार्यको पहलमा गोसाइँकुण्ड क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क विस्तार


रसुवा । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन आचार्यको पहलमा गोसाइँकुण्ड क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क बिस्तार गरिएको छ । जिल्लाको गोसाइँकुण्ड क्षेत्रको नेपाल टेलिकमको नेटवर्क केही दिनदेखि अवरुद्ध भएपछि आचार्यको पहलमा संचालनमा आएको हो।

जनैपूर्णिमाको अवसरमा गोसाइँकुण्डमा लाग्ने मेला भर्न आउने तिर्थयात्रीहरुको सहजताको लागि छरितो ढङ्गबाट मोबाईल नेटवर्क संचालनको लागि रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीको समन्वयमा उक्त कार्य गरिएको हो। सांसद आचार्यले काठमाडौंबाट नेटवर्क मर्मत स्थलसम्म विभिन्न उपकरणहरुको ढुवानी ब्यबस्थापन गरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिको अध्यक्ष सन्जिव डिएम ले बताए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्