Techie IT
बुधबार, जेठ १,२०८२

सर्वोच्च अदालतमा स्वचालित पेशी तारेख प्रणालीको अभ्यास


काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि स्वचालित (अटोमेसन) पेशी तारेख प्रणाली अभ्यास गरिएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले अटोमेसनमा पेसी तारिखको शुभारम्भ गरेका हुन् ।

प्रधानन्यायाधीश श्रेष्ठले प्रविधिले पक्षपात नगर्ने भन्दै न्यायालयको विश्वास बढाउन र सेवाग्राहीलाई भरपर्दो सेवा प्रदान गर्न अटोमेसनमा पेसी तारिख सुरु गरिएको बताए ।

पेसी तारिख अटोमेसनमा रिट वा मुद्दा लिएर आउने सेवाग्राहीले दर्ता भएसँगै कम्प्युटरको प्रणालीभित्रैबाट पेसीरतारिखको मिति पाउनेछन् ।

यो प्रणालीबाट पहिलो पेसी तारिख नागरिक उड्डयन प्राधिकरणविरुद्ध अनमोल फ्यासिलिटी क्लिनर्स प्रालिसहितले दायर गरेको रिटले पाएको छ । सार्वजनिक खरिद ऐनसँग सम्बन्धित रिटको पेसी आउँदो कात्तिक ७ गतेका लागि तोकिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:13 am6:46 pm +0545