एमसीसीका कारण राष्ट्रियता खतरामा छ: झलनाथ खनाल
काठमाडौं, ११ भदौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशको राष्ट्रियता खतरामा परेको दाबी गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियतामाथिको खतरा विभिन्न खालका सन्धी, सम्झौताका कारण आएको बताए ।
उनले अमेरिकी आर्थिक सहयोग परियोजना ९एमसीसी० कारण पनि देशको राष्ट्रियता खतरामा रहेको बताए । उनले एमसीसी अमेरिकाले खडा गरेको इण्डोप्यासिफिक स्टाटेजी भएको बताए । उनले अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भनेपनि त्यसलाई अमेरिकाले नमान्ने दाबी गरे । उनले अहिलेसम्म नेपालले पठाएको भनेको व्याख्यात्मक घोषणा अमेकिराले लागू नगरेको दाबी गरे । उनले ५ सय मिलियन डलर मात्र नभइ ५५ अर्ब दिएपनि आपत्ति नरहेको तर अमेरिकाले अघि सारेको शर्त मान्य नहुने चेतावनी दिए ।
नेकपा ९एकीकृत समाजवादी०का सम्मानित नेता समेत रहेका खनालले अमेरिकाले नेपालमा एमसीसी कार्यान्वयन भइसकेपछि अमेरिकाले ल्याउने नागरिकहरुको केही पनि चेकजाँच गर्न नमिल्ने उल्लेख गरे ।
उनले भने, ‘आज देशमा हेर्नुहोस्, देशको राष्ट्रियता त्यत्तिकै खतरामा बढीरहेको छ । राष्ट्रियतामाथिको खतरा । चाहे विभिन्न खालका सन्धी सम्झौताहरु हुन्, चाहे यी नयाँनयाँ जस्तो एमसीसी भन्नुस् । एमसीसी अमेरिकी साम्राज्यवादले खडा गरेको जुन इण्डोप्यासिफिक स्टाटेजी हो । त्यसको अभिन्न अंग हो । त्यो अभिन्न अंगको रुमपा उसले हर प्रकारले लाद्न कोशिस गर्दैछ । अब अहिले पनि त्यसलाई कार्यान्वयन गर्ने जोड अमेरिकाले दिइरहेको छ । तर के कस्ता रेसिडेन्टहरु हुन्छन्, नेपालमा त्यो थाहा छैन । अनुमोदन गर्ने क्रममा व्याख्यात्मक घोषणा भनेर गरियो । त्यो व्याख्यात्मक घोषणाका कुराहरु लागू भए की भएनन् । पक्कै लागू भएको छैन । यी कुरालाई अमेरिकाले सुन्ने पनि छैन । एउटा कानले पनि सुनेको छैन । सम्झौतामार्फत नेपालले पाउने जम्मा ५ सय मिलियन डलर हो । त्यो डलर प्राप्त गर्ने कुरामा कुनै आपत्ति छैन, अमेरिकाले नेपाललाई अनुदान दिन चाहन्छ भने ५५ करोड किन ५५ अर्ब दिएपनि हुन्छ । तर शर्तहरु जुन ढंगले लाद्न खोजिएको छ, त्यो एउटा शर्त पनि मान्य हुँदैन । कार्यान्वयन गर्दा मान्छे लिएर आउँछन्, त्यो मान्छेलाई नेपालले कुन देशको नागरिक हो रु तपाई भनेर सोध्न पाउँदैनन् । ब्यागमा के लिएर आउँछन्, त्यो हेर्न मिल्दैन । यस्ता शर्त त्यसभित्र छन् ।’
नेता खनालले विगत केही समयदेखि नेपालको विदेश नीति पनि असन्तुलित भएको दाबी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #झलनाथ खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्