जलनमा परेका बिरामीको उपचारका लागि किर्तिपुर अस्पतालमा ‘जलन कोष’ सञ्चालन
काठमाडौँ । कीर्तिपुर अस्पतालले जलन उपचार कोष (बर्न फन्ड) सञ्चालनमा आएको छ ।
प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारी, बरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको संरक्षकत्वमा खोलिएको कोषको खातामा जो कोहीले रकम जम्मा गरि जलनमा परेका बिरामीको उपचारमा सहयोग गर्न सकिने छ ।
जन स्वास्थ्य सरोकार ट्रष्ट नेपाल (पीएचइसीटी) द्वारा सञ्चालित अस्पतालहरुमा असहाय, बेवारिसे र न्यून आर्थिक स्तर भएका जलनका बिरामीहरुलाई उपचारमा सहयोग पुर्याउने उद्धेश्यका साथ कीर्तिपुर नगरपालिकाको सहकार्यमा उक्त कार्य प्रारम्भ गरिएको हो ।
कोष सञ्चालनको मुख्य उद्धेश्य भनेकै सरकारले सोचेअनुसार अग्नि जलनका बिरामीहरुलाई निशुल्क उपचार गर्नु हो । कोषमा सहयोग गर्न चाहनेले कृषि विकास बैंकको बर्न फन्ड फेक्ट नेपालको खातामा रकम जम्मा गर्न सक्नेछन् ।
अब अस्पतालले नेशनल बर्न सेन्टरका रुपमा कीर्तिपूर अस्पताललाई अघि बढाउने एउटा अठोट पनि लिएको छ । कीर्तिपुर अस्पतालका सर्जन डा. शंकरमान राईका अनुसार क्यानडाबाट एक प्लास्टिक सर्जनलाई बोलाएर जलनमा परेका प्रतिनिधिसभा सदस्य भण्डारीको शल्यक्रिया गरिएको र उनको संरक्षणमा भर्खरै बर्न फन्ड स्थापना भएको हो ।
कीर्तिपुर अस्पतालले जलनमा परेका गरिब बिरामीहरूलाई मद्दत गर्दै आइरहेको छ र त्यसलाई अब एउटा ठोस रुप दिनका लागि बर्न फन्ड अघि बढाइएको डा. राईले जानकारी दिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्