आज सबै प्रदेशमा पानी पर्ने, पाँच प्रदेशमा भारी वर्षा

काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यतिबेला (बिहीबार बिहान ७ बजे) गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ ।
‘रातिदेखि नै वर्षा भइरहेको छ’, उनले भने, ‘काठमाडौं उपत्यकामा चाहिँ आज बिहान ३ बजेदेखि पानी परिरहेको छ।’
उनका अनुसार काठमाडौंमा उपत्यकामा जारी झरी तत्काल रोकिने सम्भावना देखिएको छैन । ‘दिउँसो केही बेर रोकिए पनि साँझतिर फेरि पानी पर्ने सम्भावना देखिएको छ’, मौसमविद् पौडेलले भने, ‘काठमाडौं उपत्यकामा आज त्यस्तो ठूलो वर्षाको सम्भावना त छैन तर झरी परिराख्ने सम्भावना छ, आज दिनभर मौसम खुल्ने सम्भावना देखिन्न ।’
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । यस क्रममा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।
यसैगरी राति पनि सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले आफ्नो पूर्वानुमान बुलेटिनमा उल्लेख गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #पाँच प्रदेशमा भारी वर्षा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्