उपप्रधानमन्त्री यादवका पुत्रले गरे सरकारी गाडी कब्जा
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादव ‘दीपेश’ले बुबाको पावरको दुरुपयोग गर्दै मन्त्रालयमा आतंक मच्चाएको गुनासो बढेको छ । मन्त्री यादवले आफ्नै छोरा अमरेन्द्रलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन् । अमरेन्द्रले सहसचिव सरहको सेवा सुविधा पाउँछन् ।
अमरेन्द्रले पदको दुरुपयोग गर्दै दुई वटा सरकारी गाडी कब्जा गरेका छन् । स्वास्थ्य मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार अमरेन्द्रले जबरजस्ती दुई वटा गाडी लगेर दुरुपयोग गर्नुका साथै अन्य सेवा सुविधा पनि लिएका छन् ।
मन्त्री यादवको प्रमुख स्वकीय सचिव भएपनि अमरेन्द्र मन्त्रालयमा धेरै भेटिदैनन् । अधिकांश समय अमरेन्द्र विराटनगरमा बस्छन् । उनले सरकारी सुविधाको गाडी चढेर विराटनगरमा राजनीतिमा सक्रिय हुने गरेका छन् ।
तत्कालीन संघीय फोरमको विराटनगर महानगरपालिकाको नगर कार्यसमितिको अध्यक्ष समेत रहेका अमरेन्द्रले ती दुई वटा सरकारी गाडीहरू विराटनरतिर कुदाउने गरेको आरोप छ ।
उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादवले आफ्नै छोरालाई विराटनगरको अध्यक्ष बनाएर राजनीतिमा आफ्नो उत्तराधिकारीका रुपमा अगाडि सारेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सरकारी गाडी कब्जा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्