टोखाकी चेली खुशी डंगोल महिला टी–२० टी विश्वकपमा छनोट

काठमाडौं । नेपाल क्रिकेट संघ ९क्यान० ले आईसीसी महिला टी(२० विश्वकपको एशिया छनोटको बिहीबार तीन नयाँ खेलाडी समेट्दै नेपाली टिमको घोषणा गरेको छ ।
टोखा सपनतिर्थ क्षेत्र विकास समितिका अध्यक्ष तथा नेवाःगुथि तोखा का आर्थिक सल्लाकार र पुर्ब अध्यक्ष देवराज डंगोलको छोरी खुशी डंगोल हिजो नेपाल क्रिकेट संघ ९क्यान०ले घोषणा गरेको आईसीसी महिला टी–२० विश्वकप एशिया छनोट प्रतियोगिताका लागि १४ सदस्यीय टोलीमा पर्न सफल भएकी हुन ।
यहिअगस्ट ३१ देखि ९ सेप्टेम्बरसम्म मलेसियामा आयोजना हुने प्रतियोगिताको लागि क्यानले बिहीबार टोलीको घोषणा गरेको हो।टोलीमा खुशी डंगोलसंगै कप्तान रुविना क्षेत्रीसहित ,सीता राना मगर,इन्दु बर्मा,बिन्दु रावल,कविता कुँवर,कविता जोशी,पुजा महतो,सम्झना खड्का,ईश्वरी विष्ट,काजोल श्रेष्ठ,रुवि पौडेर,अप्सरी बेगम रअस्मिना कर्माचार्य टोलीमा परेको छ। ११ टिम सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
आईसीसी महिला टी(२० विश्वकपको एशिया छनोट यही अगष्ट ३१ देखि सेप्टेम्बर ९ सम्म मलेसियामा आयोजना हुँदैछ ।
जसमा नेपालसहित १२ राष्ट्रले खेल्नेछन् । नेपाल रहेको समूह ए मा बहराइन भुटान, मलेसिया, कतार र यूएई छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, म्यान्मार र थाइल्याण्ड छन् ।
दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने छन् भने फाइनल पुग्ने दुई टोलीले टी(२० महिला विश्वकपका लागि २०२४ मा ग्लोबल क्वालिफायर खेल्नेछन् । जहाँ १० टिमले प्रतिस्पर्धा गर्नेछन् र शीर्ष दुई टोली २०२४ सेप्टेम्बर(अक्टोबरमा बंगलादेशमा हुने टी(२० विश्वकपमा छनोट हुनेछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखाकी चेली खुशी डंगोल महिला टी–२० टी विश्वकपमा छनोट
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्