संखुवासभा कारागार प्रकरण : छानबिन गर्न कोसी प्रदेश प्रहरीको एसपी सहितको टोलि खाँदबारीमा
छानबिन गरेर यथार्थ पत्ता लगाउन संखुवासभाका ७ राजनीतिक दलको आग्रह
खाँदबारी, २५ साउन – संखुवासभाका ७ राजनीतिक दलले जिल्ला कारागारमा भएको २ कैदीको हत्याको सत्यतथ्य सार्वजनिक गर्न स्थानीय प्रशासन संग माग गरेको छ । कांग्रेस, एमाले, समाजबादी, नेकपा माओबादी, राप्रपा, रास्वपा, जसपा लगायतका दलले हत्यामा संलग्न कसैलाई संरक्षण नर्गन आग्रह गरेको छ । दोषी जो भएपनि कारवाहीको भागिदार हुनु पर्ने दलहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ । घटना कसरी भयो, कसको कमी कमजोरी रहयो तथा घटनामा कुनकुन पक्ष दोषी देखिएका हुन् भन्ने बारेमा विभिन्न कोणबाट छानबिन गरेर यथार्थ पत्ता लगाउन दलले आग्रह गरेको छ ।

सुरक्षा घेराभित्र दुई जना कैदीको शंकास्पद मृत्यु भएको घटनाको छानबिन गर्न कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले बनाएको समितिले आजबाट काम सुरु गरेको छ । प्रदेश प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय समितिले अनुसन्धानको काम सुरु गरेको हो । समितिमा प्रहरी निरीक्षक जितेश दाहाल, प्रहरी नायव निरीक्षक रुद्रबहादुर खड्का र हवल्दार तीर्थ भट्टराई सदस्य छन् ।
प्रहरीकै प्रत्यक्ष संलग्नतामा घटना भएको आरोप लागेपछि प्रदेश प्रहरी प्रमुख डीआईजी राजेशनाथ बास्तोलाले घटनाको छानबिन गर्न प्रहरीका तर्फबाट अलग्गै समिति बनाएर खटाएका हुन् । जिल्ला कारागार संखुवासभामा कैदीबन्दी बीच कुटपीट हुँदा २ जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : ब्रेकिंग न्युज, समाचार
ट्याग : #breaking, #जिल्ला कारागार संखुवासभा, #मृत्यु प्रकरण, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्