तार्केश्वरका प्रमुख प्रशासकीय अधिकृतको पुन सरुवा : अश्लिल हर्कत गर्ने निरौलाको ठाँउमा दमक पठाइयो
काठमाडौं, २४ साउन । सरकारले २० जना उपसचिवको सरूवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा सरूवा गरेको हो ।
यसैबीच, झापास्थित दकम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई भने अतिरिक्त समूहमा राखिएको छ ।
डमरूले नगरपालिकाकै क्वार्टरमा केही दिनअघि एक महिलासँग अश्लिल हर्कत गरेको भिडिओ सार्वजनिक भएको थियो । उनको ठाउँमा काठमाडौंको तार्केश्वर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ ।
डमरुको ठाउँमा तार्केश्वर नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ । डमरुले एक महिलासँग गरेको अश्लील क्रियाकलाप सामाजिक सञ्जालमार्फत बारिएपछि उनलाई मन्त्रालय तानिएको हो ।
मन्त्रालयका अनुसार वन मन्त्रालयका उपसचिव वासुदेव रेग्मीको सप्तरीस्थित शम्भुनाथ नगरपालिकामा, वनकै उपसचिव प्रमोद सिम्खडालाई रौतहटस्थित परोहा नगरपालिका, भूमि व्यवस्था मन्त्रालयमा कार्यरत तीन जना उपसचिवहरू खिमानन्द आचार्य,कृष्णप्रसाद भण्डारी र लक्ष्मीप्रसाद रेग्मीलाई क्रमशः सप्तरीस्थित हनुमान नगरकंकालिनी नगरपालिका, मौलापुर नगरपालिका र सिराहास्थित सिराहा नगरपालिकामा सरुवा गरिएको छ ।
यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका ३ जना उपसचिवहरू बुद्धिप्रसाद उपाध्याय, लेखनाथ ज्ञवाली र घनश्याम न्यौपानेलाई क्रमशः सर्लाहीस्थित कविलासी नगरपालिका, बलरा नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिकामा सरुवा गरिएको छ ।
निर्वाचन आयोगका उपसचिवद्धय ऋषिराम भुसाल र श्रीधर पन्थीलाई क्रमशः महोत्तरीस्थित बलवा नगरपालिका र धनुषास्थित हंसपुर नगरपालिमा सरुवा भएको छ ।
रक्षा मन्त्रालयका उपसचिव रामेश्वर पोखरेललाई सिराहास्थित कल्याणपुर नगरपालिका, भौतिक मन्त्रालयका उपसचिव वैकुण्ठ उपाध्यायलाई महोत्तरीको माटिहानी नगरपालिका, सार्वजनिक खरिद कार्यालयका उपसचिव गोविन्द घिमिरेलाई धनुषास्थित सवौला नगरपालिका, राष्ट्रिय योजना आयोगका कृष्ण व्याञ्जुलाई सर्लाहीस्थित बागमती नगरपालिका, अध्यागमन कार्यालयका माधव ढकाललाई रौतहटस्थित गरुडा नगरपालिकामा सरुवा भएको छ ।
शिक्षा मन्त्रालयका उपसचिव तेज प्रकाश प्रसाईलाई रौतहटस्थित राजदेवी नगरपालिका, पथरी शनिश्वरे नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी खरेललाई ताप्लेजुङस्थित फुङलिङ नगरपालिका र सामान्य प्रशासन अन्तर्गतका शशी राईलाई पथरी शनिश्वरेमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #तार्केश्वरका प्रमुख प्रशासकीय अधिकृतको पुन सरुवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्