तस्करहरुको जालो तोड्दै रुपन्देही प्रहरी, शून्य सहनशीलतामा विशेष जोड
रुपन्देही । भारतसँगको खुला सीमाका कारण व्याप्त तस्करको जालो तोड्न जिल्ला प्रहरी कार्यालय रुपन्देहीले त्यसविरुद्ध अभियान तीव्र पारेको छ ।
सीमा क्षेत्रमा हुने गरेका आपराधिक गतिविधि र तस्करीको सञ्जाल तोड्न सक्रिय भएको हो । चोरी, तस्करी, अवैध कारोबार तथा हतियार ओसारपसार लगायतका आपराधिक गतिविधि रुपन्देही प्रहरीको सक्रियतामा नियन्त्रणमा आउन थालेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक भरत बहादुर बिकको आक्रमक कारवाहीले ठूला सेटिङमा हुने गरेको तस्करी सञ्जाल तोडिन थालेको छ । उनी आएपछि रुपन्देहीमा लागुऔषध, चोरी तस्करी नियन्त्रण, लैंगिक हिंसा, अपराधविरुद्ध प्रहरी सक्रियता बढेको छ ।
रुपन्देही प्रहरीको तथ्यांक अनुसार गत, आर्थिक बर्षमा ६ करोड बढीको अवैध समान बरामद गरी भैरहवा भन्सार कार्यालय पठाएको थियो । सोही अवधिमै प्रहरीले ४९ वटा मोटरसाइकल, २ वटा छोटा हात्ती, ४ वटा ट्रक, २ वटा बोलेरो, १ वटा बस, १ वटा ट्याङ्कर, ३ वटा ट्याक्टर र साईकल १९ वटा नियन्त्रणमा लिईएको प्रहरी उपरीक्षक बिकले बताए ।
अब भन्सार छली चोरी पैठारीमा संलग्नलाई भन्सार कार्वाही अतिरिक्त पशुपंक्षीलाई क्रुर ब्यवहार देखाउनेलाई मुद्दा दर्ता गरी प्रक्रिया अगाडी बढाएका छौं । विश्वकर्माले भने “यसलाई अभियानकै रुपमा अब निरन्तर लैजाने छौं । खुला सीमानाका कारण जिल्लाको मुख्य चुनौतीको रुपमा रहेको लागुऔषधको कारोवारीविरुद्ध पनि सीमादेखि सहरसम्म प्रहरीले विशेष निगरानी बढाएको छ ।
जिल्लामा लागूऔषध कारोवारको संगठित सञ्जाल तोडिएको उनको दाबी छ । उनी भन्छन्, ‘खुल्ला सीमानाका कारण लागूऔषधको कारोबारमाथि पूणतः काबु पाउन गाह्रो छ। त्यहीँ पनि प्रहरीको सक्रियता, निगरानी बढाएका छौँ । धाकधम्की देखाउने, गुण्डागर्दी गर्ने, अवैध काम गर्नेहरु अहिले हच्कीएका छन् ।
विभिन्न शक्तिको आड लिएर प्रहरीलाई केही गर्न सक्दैनन् भनेर दम्भ देखाउनेहरुको मनोबल कमजोर हुँदै गएको उनको दाबी छ । सर्वसाधारणहरु आफ्ना गुनासा, समस्या बोकेर प्रहरी अधिकृत र प्रमुखसम्म पुर्याउन सक्ने वातावरण निर्माण भएको छ । प्रहरी कार्यालयमा बिचौलियाको प्रवेशलाई जिल्लादेखि मातहतसम्मै निषेध गरिएको उनलेे बताए ।
अहिले पीडित स्वयं प्रहरी अधिकृत समक्ष आफ्ना पीडा सुनाउने वतावरण बनेको छ, उनले भने । अपराध गर्ने अपराधीहरुबिरुद्ध रुपन्देही प्रहरी कडा एक्सन र सर्वसाधारण नागरिकसँग मधुर व्यवहार गर्न जिल्लादेखि मातहतका सबै प्रहरी इकाइलाई मेरो स्पष्ट निर्देशन छ । सोही अनुसार प्रहरीले आफ्नो काम गरिरहेका छन्, उनले भने ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्