Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

१०० किलाे सुन तस्करी प्रकरण : टाेखामा सुन गाल्ने कारखाना र होटल भियनामा छापा, एक जना पक्राउ


त्रिभ्रवन विमानस्थलकाे भन्सार भएर सिनामंगलबाट बरामद भएकाे १०० किलाे सुन तस्करी प्रकरणमा राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा हानेकाे छ ।

सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि विभागको एक टोलीले उक्त होटलबाट एक बेल्जियमका नागरिकलाई पक्राउ गरेको छ । आइतबार विभागको टोलीले भियनाबाट केही कागजपत्र तथा सामग्रीहरु समेत बरामद गरेको छ ।

हङकङबाट सुन ल्याएर नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग जोडिएको पाइएपछि विभागले होटल भियनामा छापा हानेको हो ।

यसैगरी,शनिबार राति राजश्व अनुसन्धानकाे टाेलीले काठमाडाैंकाे टोखाकाे एक कारखानामा पनि छापा मारेको थियाे । उक्त फ्याक्ट्रिमा सुन गाल्ने र रि-फ्रेम गरी सुनकाे ढिक्कामा परिणत गर्ने गरिएकाे थियाे ।

त्यहाँबाट विभागको टोलीले आगो बाल्नका लागि राखिएका काठका धुलोका बोराहरु, सुन गाल्न प्रयोग हुने मेसिन, एसिडका बट्टाहरु, गालेको सुन समात्ने तथा राख्ने ह्याण्डलहरु फेला पारेकाे छ । उक्त घर शनिबार राती नै शिल गरिएकाे थियाे ।

हालसम्म सुन तस्करी प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट, कर्मचारी र केहि तस्सकर गरी कुल १८ जनालाई नियन्त्रणमा लिइएकाे छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टाेखामा सुन गाल्ने कारखाना


तपाईको कमेन्ट लेख्नुहोस्