Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

चाँगुनारायण ८ मा पनी रोपियो एभोकाडो


प्रदिप ढकाल

भक्तपुर, १३ श्रावण २०८०

भक्तपुरको चाँगुनारायण नगरपालिकामा संचालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी अभियान’ अन्तर्गत पाचौं पटक विरुवा वितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको छ । अभियान शुरु भएको २ सातामै पाचौं कार्यक्रम सम्पन्न भएको हो ।

शनिवार चाँगुनारायण नगरपालिका वडा नम्बर ८ मा एभोकाडो बितरण गर्ने र रोप्ने कार्यक्रम सम्पन्न भएको अभियन्ता बिनोद लामिछानेले बताए । स्थानीयको व्यापक उत्साहका बीच ६ सय २० बिरुवा वितरण गर्ने र रोप्ने कार्य सम्पन्न भएको अभियानको संयोजक नरेश खड्काले जनाएका छन् । संयोजक खड्काले जनाए अनुसार अभियान शुरु भएको २ सातामै चाँगु नारायणका ५ ठाउँमा बिरुवा वितरण गरिएको छ भने १५०० बढी घरमा २ वटा एभोकाडोको विरुवा रोपिएको छ ।

बिरुवा वितरण गर्ने र रोप्ने कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै बागमति प्रदेशका मुख्यमंत्रीका राजनैतिक सल्लाहकार डि. पि. ढकालले पर्यटकीय गन्तव्यका रुपमा विश्व सम्पदा सूचीमा रहेको चाँगुनारायण मन्दिर मार्फत पहिचान बनाउन सफल भएको यस नगरपालिकालाई एभोकाडो सिटीका रुपमा पहिचान विस्तार गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताए। यस्तै चाँगुनारायणका स्थानीयबासीको सहभागितामा यो अभियानले सार्थक रुप लिइरहेको अभियान्ता जगन्नाथ खत्रीले बताए । उनले यो कुनै राजनीतिक वा हचुवाको अभियान नभई चाँगुनारायणलाई स्वस्छ, सुन्दर र सम्बृद्ध बनाउने योजनावद्ध अभियान भएको दावी गरे ।

उक्त कार्यक्रममा अभियन्ताहरुलाई उत्साह दिन बागमती प्रदेश सभाका सदस्य देवेन्द्र श्रेष्ठ समेत सहभागी भएका थिए । सांसद श्रेष्ठले चाँगुनारायणको सौन्दर्य र सम्वृद्धिको लागि अभियानले सहयोग पुर्याउने बिश्वास व्यक्त गरे । उनले अभियानलाई स्थानीय सरकार र संघसस्थाले सहयोग गर्नुपर्ने आवश्यकता औल्याउदै आफ्नो र प्रदेश सरकारको तर्फबाट साथ र सहयोग हुने आश्वासन समेत दिएका छन् ।

उक्त अवसरमा अभियन्ताहरु सुनिल गोठे, दिनेश खनाल, सुन्दर खनाल, चण्डिका लामिछाने, जगन्नाथ खत्री, रामकुमार तामाङ, रामभक्त खत्री, सुमन दाहाल, हरिश लामिछाने लगायतको सहभागिता रहेको अभियन्ता दिपेश लामिछानेले जानकारी दिए।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्