टोखा नगरपालिकाद्धारा सार्वजनिक जग्गामा होडीङ्ग बोर्ड राखेर संरक्षण अभियान शुरु
काठमाडौ । टोखा नगरपालिकाले नगर भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्दै आएको छ ।
यसैक्रममा टोखा नगरपालिका वडा नं ८ दुप्चेश्वर टोलको बिभिन्न ठाउँमा रहेको सार्वजनिक जग्गा लामो समय देखि व्यक्तिले भोगचलन गर्दै आएको थियो र नगरपालिकाले विभिन्न सुचना, प्रत्यक्ष भेटगरी जग्गा खाली गर्नको लागि अनुरोध गरिरहेको हुँदा पनि जग्गा खाली नगरी उपभोग गरिरहेको हुँदा उक्त जग्गामा आज डोजर चलेको होे ।
उक्त जग्गामा संरक्षणको लागि नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी आफै फिल्डमा डोजर लिएर निस्कनु भएको छ । नगर प्रमुख अधिकारीले नगर भित्रका सम्पूर्ण सार्वजनिक जग्गा नगरपालिकाको संरक्षणमा हुनुपर्ने र कुनै व्यक्तिले उपभोग गर्न नमिल्ने बताउनु भयो । साथै नगरपालिकाले सार्बजनिक जग्गा संरक्षणको लागि कुनै कसुर बाकी नराख्ने पनि स्पष्ट पार्नु भयो ।

नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसि, वडा अध्यक्ष रमेश खत्री लगायत अन्य वडाका वडा अध्यक्षसहितको जनप्रतिनिधि, नगर प्रहरी प्रमुख प्रकाश भण्डारि लगायतको उपस्थित रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सार्वजनिक जग्गामा होडीङ्ग बोर्ड राखेर संरक्षण अभियान शुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्