Techie IT
बुधबार, जेठ १,२०८२

नेकपा एसका वडाध्यक्षलाई किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले प्रहरीमा बुझाए


चितवन । चितवनको राप्ती नगरपालिका वडा नम्बर २ का नेकपा एकीकृत समाजवादीका वडा अध्यक्ष गणेश लामालाई किशोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा गाउँलेले समाएर प्रहरीलाई बुझाएका छन् ।

लामाले स्थानीय १७ वर्षीया किशोरीमाथि एक वर्षयता लगातार यौनजन्य दुर्व्यवहार गर्दै आएको थाहा पाएपछि आफन्त तथा गाउँले मिलेर प्रहरीको जिम्मा लगाएका हुन् ।

किशोरीलाई आफ्नै कार्यालयमा बोलाएर यौन दुर्व्यवहार गर्दै आएका लामाले २०७९ मंसिरमा इन्स्टाग्राममा नाङ्गो तस्बिर हालिदिएर धम्क्याएको समेत खुल्न आएको राप्ती २ का वडा अध्यक्ष श्यामसुन्दर उप्रेतीले जानकारी दिए ।

पटक पटक फेसबुक म्यासेजबाट समेत किशोरीलाई धम्क्याउने, अश्लिल फोटो भिडियो तथा म्यासेज पठाउन थालेपछि किशोरीले आफन्तलाई खबर गरेकी थिइन् । त्यसपछि उनीहरूले समातेर प्रहरीलाई खबर गरेका हुन् ।

चितवन प्रहरीकाअनुसार शनिवार नै जाहेरी लिएर आरोपीलामालाई अनुसन्धानको लागि हिरासतमा राखिएको छ । लामा गत स्थानीय निर्वाचनमा गठबन्धनका तर्फबाट वडा सदस्यको समेत उम्मेदवार बनेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #किशोरीमाथि यौन दुर्व्यवहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:13 am6:46 pm +0545