सेटिङ र मिलेमतोबिना सुन तस्करी सम्भव छैन : रवि लामिछाने
साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङबिना सुन तस्करी सम्भव नरहेको बताएका छन् ।
आज, शनिबार विराटनगर पुगेका सभापति लामिछानेले पत्रकारहरूसँगको कुराकानीमा सेटिङ र मिलेमतोबिना विमानस्थलबाट सुन तस्करी सम्भव नरहेको बताएका हुन् ।
‘सेटिङ र मिलेमतोबिना सुन तस्करी सम्भवै छैन । कुन लेबलको, कुन ढङ्गको तस्करी हो भन्ने विषयमा अनुसन्धान गरिनुपर्छ,’ उनले भने । सभापति लामिछानेले ठूलो परिमाणको सुन राजनीतिक, प्रशासनिक संयन्त्रको मिलेमतो र सेटिङमै तस्करी भएको दाबी गरेका छन् ।
अनुसन्धान नसकिँदासम्म रास्वपाले धैर्य गर्ने र वास्तविकता थाहा पाएपछि मात्र आवाज उठाउने उनको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्