Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

टोखामा मानव बेचविखन तथा ओसार पसार नियन्त्रण समितिको अभिमूखीकरण कार्यक्रम

यस्तो छ योजना तथा कार्यक्रम


टोखा काठमाडौं । टोखा नगरपालिकामा मानव बेचविखन तथा ओसार पसार नियन्त्रण समितिको अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

शान्ति फाउण्डेशनको आयोजना तथा टोखा नगरपालिकाको सहकार्यमा मंगलबार नगरस्तरीय मानव बेचविखन तथा ओसार पसार नियन्त्रण समितिको बैठक तथा अभिमूखीकरण कार्यक्रम सम्पन्न भएको हो ।

टोखा नगरपलिका मेयर प्रकाश अधिकारीको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रममा उपमेयर मुराररी तामाङ्ग , प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बि.सि , नेपाल प्रहरी अन्र्तगतको मानव बेचबिखन नियन्त्रण ब्युरोका एस.पी कृष्ण प्रसाद पंगेनी , वडा अध्यक्ष रामभक्तm घिमिरे , रमेश लामिछाने, धरमेन्द्र श्रेष्ठ र रमेश डंगोल , मदन गुरुङ ,रमेश खत्री लगायतका वडाअध्यक्ष एवं सदस्यहरु , बसपार्क प्रहरी प्रमुख , महिला बालबालिका शाखा प्रमुख साबीत्रा न्यौपाने , फोकल पर्सन विमला वाग्ले , पवित्रा पाण्डे , नगर प्रहरी लगायतको उपस्थीती रहेको थियो ।

सो कार्यक्रममा टोखा नगरभित्र हुन सक्ने संवाबित घट्नाहरु,मानव बेचबिखनमा पर्न सक्ने संभावित प्रभावितहरुलाई न्यायका लागि सहजीकरण गर्ने, कानुनी उपचारमा सहयोग पु¥याउने, क्षतिपूर्ति र वैदेशिक रोजगारको नाममा विदेशमा अलपत्र परेकाहरुलाई नेपाल फर्काउन विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सरकारी तथा गैर सरकारी संघ संस्थाहरुसंग समन्वय गरी देशामा फर्किने वातावरण मिलाउने र स्थानीय स्तरमाहुने मानव बेचबिखनका घटनालाई न्यूनिकरण गर्न समन्वय गर्ने उद्धेश्यले मानव बेचबिखन विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बिभिन्न योजना बनाएको छ ।

स्थानीय स्तरमाहुने मानव बेचबिखनका घटनालाई न्यूनिकरण गर्न कार्य योजना अन्र्तगत तथ्याङ्ग संकलन गर्ने , जनचेतना मूलक कार्यक्रम गर्ने , सडक नाटक , बिभिन्न स्थानमा होडीङ्ग बोर्ड , स्टीकर मार्फत सचेतनाका काम गरिने बताइएको छ ।

यसै बिच प्रभाबित पिडितलाई रोजगारीका लागी समेत सीफारीस गरिने आयोजक शान्ति फाउण्डेशनले बताएको छ ।

मुलुकमा पछिल्लो समय मानव बेचबिखनको अवस्था जर्जर रुपमा देखा परेको छ । राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदनले मुलुकमा गत वर्ष मात्रै मानव बेचबिखनसम्बन्धी १ सय ४५ वटा मुद्दा दर्ता भएको देखाएको छ । जसलाई पछिल्ला दुई आर्थिक वर्ष यताकै बढ्दो आँकडाका रुपमा लिइएको छ ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोमा दर्ता भएका उजुरीमध्ये २ सय ११ व्यक्तिहरु मानव बेचबिखनबाट पीडित भएका छन् । मानव बेचबिखनमा परेका व्यक्तिहरुमध्ये ९४ दशमलव ७ प्रतिशत महिला र ५ दशमलव २ प्रतिशत पुरुष रहेको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा। टिकाराम पोखरेलको भनाइ छ ।

महिला, बालबालिका, पुरुष सबै अन्जानमै यसको शिकार बन्ने गरेको छन् । गिरोहले फरक फरक लालचसहित उनीहरुलाई देह व्यापार, मानव अंग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबर्जस्ती श्रमका लागि मानिसको अवैध व्यापार गर्ने गरिएको पाइएको छ । आधुनिकीकरणसँगै मानव बेच्ने स्वरुपहरुमा पनि परिवर्तन हुँदै गएको छ । रोजगारीको लालचमा डान्स बार, क्याविन रेष्टुरेन्ट लगायतमा मानव बेचबिखन अझ बढेको हो । बदलिदो मानवीय जीवनशैली र वैदेशिक रोजगारको नाममा पनि यस्ता घटना बढ्दै गएको छ ।

नेपालमा मानव बेचविखनको अवस्था नियन्त्रणका लागि मानव बेचबिखन तथा ओसारपसार नियमावली २०६५ पनि छ । तर प्रभावकारी नहुँदा घटनाहरु कम हुनुको साटो वर्षेनी बढ्दै गएको तथ्याङकले देखाउछ ।

टोखा नगरपालिकामा भने मानव बेचविखनको घटना न्युन छ । बिशेष गरि नेपालकौ ठुलो बसपार्क गोगंबु बसपार्क टोखाकै नजिक भएकाले संवाबित घट्नाहरुलाई बिभिन्न योजना तर्जुमा गरिएको छ ।

शान्ति फाउण्डेशनले बिगत लामो समयदेखी टोखा नगरपालिकामा मानव बेचविखन तथा ओसार पसार नियन्त्रणमा बिभिन्न निकायहरुसंगको सहकार्यमा प्रभाबकार िकाम गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा मानव बेचविखन तथा ओसार पसार नियन्त्रण समितिको अभिमूखीकरण कार्यक्रम, #मानव बेचविखन तथा ओसार पसार नियन्त्रण समिति, #शान्ति फाउण्डेशन


तपाईको कमेन्ट लेख्नुहोस्