टीम घोषणा गर्दै इक्यान अध्यक्ष उम्मेदवार भट्टराईले भने– हाम्रो जित निश्चित
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वका लागि शेषराज भट्टराई समूह चुनावी मैदानमा उत्रिएको छ । शनिबार हुने इक्यान महाधिवेशनबाट चुनिने नयाँ नेतृत्वका लागि भट्टराई समूह चुनावी मैदानमा उत्रिएको हो । भट्टराई नेतृत्वको समूहबाट उपाध्यक्षमा श्रीराम पौडेल, गीता सिवाकोटी र दयाराम थापाले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै महासचिवमा दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाई र रत्नबहादुर भट्टराईको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा आशिक कार्की, सहकोषाध्यक्षमा विकल्पराज पोख्रेलले उम्मेदवारी दिएका छन् । त्यस्तै भट्टराई समूहको कार्यसमति सदस्यका लागि सुवर्ण बस्नेत, विजयकुमार बस्नेत, रमेश लुइटेल, उमा खड्का, गोविन्द खनाल, होेमराज थापा, राजेश श्रेष्ठ, मनोरथ शाह र वसन्त पाण्डेको उम्मेदवारी परेको छ ।
भट्टराई समूहले बिहीबार एक समारोहबीच आफ्नो समूह चुनावी मैदानमा होमिएको घोषणा गरेको छ । भट्टराईको समूहका सबै उम्मेदवार अनुभवी, दक्ष र गतिशील छन् । उनीहरुले नेतृत्वमा चुनिएपछि संस्थाको गरिमालाई अझ उँचो बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
समारोहमा बोल्दै अध्यक्षका उम्मेदवार भट्टराईले विभिन्न नाममा सिर्जित उल्झन, व्यवधान, शंका र टिप्पणीले यो क्षेत्रमाथि प्रहर भइरहेको बताउँदै सबै समस्याहरु सामाजिक र राज्यस्तरबाट समाधान गर्ने गरी व्यवसायिक प्रतिष्ठा बढाउन सक्दो प्रयास गर्ने बताएका छन् । उनले इक्यानियनको भावनालाई आफ्नो समूहले समेटेर अघि बढ्ने भएकाले अमूल्य मत दिइ विजय गराउन आग्रह गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #इक्यान अध्यक्ष उम्मेदवार भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्