आमाछोदिङमोका अध्यक्षको उदाहरणीय कामः पशुपालक किसानहरुलाई सोलार लाइट
रसुवा – रसुवाको आमाछोदिङमो गाउँपालिकाले पशुपालन गोठालोहरूको आयस्तर वृद्धि गर्ने उद्देश्यले सौर्य ऊर्जा (सोलार) बति निःशुल्क वितरण गरिएको छ।
आमाछोदिङमो गाउँपालिकाको अनुदानमा पशुपालनमा जीविकोपार्जन प्रमुख माध्यमका रूपमा रहेको याक, नाक चौरी, तथा भेडाबाख्रा गोठालोलाई प्रोत्साहन गर्न २२० जना गोठालालाई नि:शुल्क सोलार बति वितरण गरिएको हो ।
पालिका भित्रका उच्च स्थानका खर्कमा लेकाली चौंरी गोठ वस्ने क्षेत्रमा भरपर्दो बत्तीको सुविधा नभएका अनकन्टार जङ्गलको बीचमा गोठमा बस्दै आएका गोठालो रातिको समयमा दुग्धजन्य पदार्थ उत्पादन,भण्डारण प्रशोधन,उनिहरूका बालबच्चाको पठनपाठनमा सहजता कृषकहरुलाई चौरीपालनमा प्रोत्साहन होस् भन्ने हेतुले सोलार बति वितरण गरिएको गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बताउनुभयो ।
वन्यजन्तुबाट हुनसक्ने आक्रमण लगाएत यस क्षेत्रको गोठालोका परिवारलाई सुरक्षा तथा दैनिक कृयाकलापमा सहयोग पुर्याउने उत्पादनहरुको व्यवस्थापन गर्न कृषकलाई सहज हुने पनि अध्यक्ष तामाङको विश्वास छ ।
गत्लाङ, चिलिमे, ग्रे, गोल्जुङ, हाकुलगायतका गाँउपालिका पाँचवटै वडाकाचौंरी गोठ वस्ने क्षेत्रमा विद्युत अभावले मट्टीतेल, दियालो बाल्नुपर्ने बाध्यात्मक अवस्थामा सोलार वत्ती प्राप्त गरे पछि सो वस्तीका गोठालाहरू हर्सित भएका छन् ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्