सरकार र पार्टीबीच समन्वय हुन सकेन : दीपक खड्का
काठमाडौँ, २१ असार । नेपाली कांग्रेस संखुवासभाका सभापति दीपक खड्काले सरकार र पार्टीबीच समन्वय हुन नसक्दा जनताको समस्या समाधान हुन नसकेको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको जिल्ला सभापतिको बैठकमा बोल्दै उहाँले सरकार र पार्टीका बीचमा समन्वय हुन नसकिरहेको प्रति ध्यानाकर्षण गराउनुभएको हो ।
“पूर्वी नेपाल बाढी पहिरोबाट शोकमा छ तर सरकारले बाढीपीडितलाई राहत हुने गरी कार्यक्रम ल्याएको छैन,”– उहाँले भन्नुभयो । घोषणापत्रमा समाजवाद उन्मुख घोषणाहरू समेटेको कांग्रेस सरकारमा भए पनि नागरिकले त्यसको आभाष पाउन नसकेको उहाँको भनाई थियो ।
सभापति खड्काले कांग्रेसले सरकारमा बसेर नागरिकका चाहनाबमोजिम कार्य गर्न नसक्दा झन् निराशा पैदा भइरहेको बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्