आज दुवै सदनको बैठकबस्दै, प्रधानमन्त्री प्रचण्डको राजीनामा मागेको एमालेको अडान कायमै
असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लगायत प्रतिपक्षी दलले गरेको अवरोधका कारण स्थगित हुँदै आएको संघीय संसदको दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक आज बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै भारतले नेपालको प्रधानमन्त्री बनाउने गरेको संकेत गर्दै आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह धेरै पटक दिल्ली गएको अभिव्यक्ति दिएपछि एमालेले प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको र प्रधानमन्त्रीले पदमा बस्ने नैतिक अधिकार गुमाएको भन्दै एमालेले राजीनामा माग गर्दै संघीय संसदको दुवै बैठक अवरुद्ध गर्दै आएको हो ।
अवरुद्ध भएर स्थगित हुँदै आएको प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा बैठक बिहान ११ः३१ बजेका लागि बेलाइएको छ । तर एमालेले आफ्नो अडान कायमै राखेको छ । प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने एमालेको अडान रहेको छ ।
प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध भएपछि सत्ता गठबन्धनमा आवद्ध दलहरुको बैठकले भने प्रधानमन्त्रीले राजीनामा नदिइ संसदको फेस गर्नुपर्ने निष्कर्ष निकालिसकेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आज दुवै सदनको बैठक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्