Techie IT
बुधबार, जेठ १,२०८२

ललिता निवास प्रकरणः पाँच पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी


असार । बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा ५ जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

प्रकरणमा संलग्न तत्कालीन सचिवहरू युवराज भुसाल, दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । ललिता निवास जग्गा हिनामिना प्रकरणमा १७ पूर्व सहसचिवसहितका कर्मचारी जोडिएका छन् । उनीहरू विरुद्ध यसअघि पनि पक्राउ पुर्जी भएको प्रहरीले जनाएको छ ।

पक्राउ पूर्जी जारी भएका तत्कालिन सहसचिव मध्ये सुधीर शाह हिरासतमा छन् भने कलाधर देउजा अदालतको आदेशबाट छुटेका छन् ।  बाँकी आरोपितको खोजबिन र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललिता निवास प्रकरणः


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:13 am6:46 pm +0545