Techie IT
मंगलबार, वैशाख २३,२०८२

प्रधानमन्त्रीको अभिव्यक्ति लाचारी, आत्मसमर्पणवादको भद्दा नमुना: एमाले प्रचार बिभाग प्रमुख गौतम


असार । नेकपा (एमाले) का केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्ति लाचारी र आत्मसमर्पणवादको भद्दा नमुना भएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।

यसैबीच गौतमले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । प्रचण्डको अभिव्यक्तिले सार्वभौम जनताको मतको खिल्ली उठाएको उनले लेखेका छन् ।

‘मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ । सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र, संसदको माखोल उठाइयो । धन्य ।,’ उनले लेखेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र गौतम


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:18 am6:41 pm +0545