प्रधानमन्त्रीको अभिव्यक्ति लाचारी, आत्मसमर्पणवादको भद्दा नमुना: एमाले प्रचार बिभाग प्रमुख गौतम
असार । नेकपा (एमाले) का केन्द्रीय प्रचार तथा प्रकाशन बिभाग प्रमुख राजेन्द्र गौतमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो अभिव्यक्ति लाचारी र आत्मसमर्पणवादको भद्दा नमुना भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह पटक-पटक दिल्ली गएको भनी अभिव्यक्ति दिएपछि अहिले चौतर्फी आलोचना भइरहेको छ ।
यसैबीच गौतमले पनि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । प्रचण्डको अभिव्यक्तिले सार्वभौम जनताको मतको खिल्ली उठाएको उनले लेखेका छन् ।
‘मालिकप्रति स्पष्ट भक्ति, प्रधानमन्त्रीको लाचारी, आत्मसमर्पणवादको भद्वा नमुना । यो सरकारको चावी कहाँ रहेछ । सार्वभौम जनताको मतको खिल्ली उठाइयो । संविधान र, संसदको माखोल उठाइयो । धन्य ।,’ उनले लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्