गैर दलित समुदायकी किशोरी भगाएपछि घरमा आगलागी

काठमाडौं, १८असार , जुम्लाको तातोपानी गाउँपालिका–४ गिडीखोलाका एक जना दलित समुदायका युवाले गैर दलित समुदायकी किशोरी भगाएपछि घरमा आगजनी गरिएको छ।
किशोरी पक्षले घरमा आगो लगाएको प्रारम्भिक सोधपुछका क्रममा खुलेको छ ।
गिडीखोलाका लोकेन्द्र नेपालीले असार ११ गते गाउँकै गिरी थरकी किशोरीलाई भगाएका थिए। त्यसको चार दिनपछि शनिवार राति उनको घरमा आगलागी भएको हो।
आगजनी गरेको आरोपमा २१ वर्षीय हिक्मत गिरी आइतबार पक्राउ परेका छन्। उनी किशोरीका दाइ हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पक्राउ परेका गिरीलाई आज म्याद थप गरिनेछ। उनी विरुद्ध आइतबार नै लोकेन्द्रका दाइ भरतले जाहेरी दिएका थिए।
भरतका अनुसार २१ वर्षीय मुकुन्द नेपालगन्जमा अध्ययन गरिरहेका थिए। केही महिनादेखि गाउँमै बसेका उनले गाउँकै १४ वर्षीया गिरी थरकी किशोरी भगाएर लिएका थिए।
‘भाइले भगाएको कुरा मैले माइती पक्षबाटै सुनेको हो, उनीहरू मेरो सम्पर्कमा पनि छैनन्,’ भरतले भने, ‘म जुम्लामा बस्छु, घरमा बस्ने भाइहरू कोही नभएको बेला शनिवार आगो लगाइएछ। उक्त घर चार वर्षअघि मात्र बनाइएको हो ।’
प्रहरीका अनुसार लोकेन्द्र र उनीसँग भागेकी युवतिको खोजी भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #किशोरी भगाएपछि घरमा आगजनी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्