विप्लव नेतृत्वको नेकपाले एक सय विघाभन्दा बढी जमिनमा कृषि खेती गर्दै

असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले आफ्नो पार्टीको नेतृत्वमा उत्पादनको अभियान सञ्चालन हुन लागेको बताएका छन् । आगामी असार १५ गते धान दिवसको दिन उद्घाटन गरेर केन्द्रले ४० विघा र व्युरो, जिल्ला र जनवर्गीय संगठनले ६० विघा गरी कूल एक सय रोपनीभन्दा बढी जमिनमा उत्पादनको अभियान सुरु गर्न लागेको उनले बताएका हुन् ।
‘उत्पादनका लागि पहिलो पटक उत्पादनमा महासचिवदेखि कार्यकर्ता र जनवर्गीय संगठनहरु उत्पादनमा अभियानात्मक ढंगले सहभागी हुने निर्णय गरेका छौं । सो निर्णयअनुसार यही असार १५ गते हामी केन्द्र र जिल्लाको उत्पादनहरुको उद्घाटन गर्दै छौं । केन्द्रले बर्दिया, चितवन, सुनसरी, सिन्धुली, सल्यान लगायतका जिल्लाहरुमा ४० विघाभन्दा बढीमा उत्पादन गर्दै छ,’– उनले भने ।
पार्टीले आत्मनिर्भर उत्पादन र आत्मनिर्भर नीतिलाई अगाडि सारेको उनले बताए । व्युरो, जिल्ला, जनवर्गीय संगठन, राष्ट्रिय मुक्ति मोर्चा, जातीय मुक्ति मोर्चा सबै यो अभियानमा सहभागी भइरहेकोसमेत बताए । यो नेपालको राजनीतिक आन्दोलनको पहिलो प्रयोग भएको र निकै प्रभावकारी हुने उनले बताए । यस अभियानको उद्घाटन असार १५ गते हुने उनको भनाई छ ।
क्याटेगोरी : वातावरण-कृषि
ट्याग : #विप्लव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्