कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु
काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु भएको छ । मुख्यमन्त्री कार्कीले विश्वासको मत दिन सबै राजनीतिक दलसँग पुनः माग गरेलगत्तै मत विभाजन सुरु भएको हो ।
कोशी प्रदेशसभामा नेकपा एमाले सबैभन्दा ठूलो दल हो । सरकारमा सहभागी माओवादी केन्द्र र जसपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् । कोशी प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेकपा माओवादीको ९सभामुख सहित० १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदको प्रतिनिधित्व छ । कार्कीलाई विश्वासको मतको पक्षमा एमालेको ४० र राप्रपाको ६ सांसदले समर्थन गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #कोशी प्रदेशकाविश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्