Techie IT
शुक्रबार, वैशाख २६,२०८२

अदालतमै महिला कर्मचारीमाथि हातपात


काठमाडौं, असार १४ । महिला कर्मचारीमाथि हातपात सँगै कुटपिट गर्ने जिल्ला अदालत ललितपुरका वकिललाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वकिल अमिर लामिछाने रहेका छन् । उनले कर्मचारी प्रेमिका तामाङलाई कुटपिट गरेका हुन् । तामाङको मुखमा चोट लागेको छ ।

तामाङको फाँटमा गएर वकिल लामिछानेले मुद्दाको फाइल हेर्नेक्रममा तामाङले फोटोकपी गरेर हेर्न अनुरोध गरेपछि लामिछानेले हातपात गरेका उनले बताइन् ।

पक्राउ परेका लामिछानेमाथि प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान अगाडि बढाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #hot news, #कर्मचारीमाथि हातपात


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:16 am6:43 pm +0545