पूर्व राष्ट्रपति भण्डारी र पूर्वप्रधानमन्त्री ओलीसहित १३ जनाको नाम मेटाएर राखियो जलहरी
काठमाडौं, १४ असार । पशुपतिनाथको मन्दिरको जलहरीमा रहेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित १३ जनाको नाम मेटाइएको छ । पशुपतिमा जलहरी प्रकरणपछि अख्तियारले सुनको नापजाँच गरेपछि जलहरीमा लेखिएको नाम लेखेर राखिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले बताए ।
हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै मन्त्री किरातीले भने,– ‘जलहरी आज लगाउँदै छ । १३ जनाको नाम रहेछ । मेटाएर लगाउँदै छ । नाम लेखाउनु पनि एउटा भ्रष्टाचार हो । नाम नलेखाइदिएको भए हुन्थ्यो । कति जनाको नाम लेख्दै जाने ? नाम लेखेर पो के हुन्छ र पशुपति भन्दा मान्छे त माथि भइँदैन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्