Techie IT
शनिबार, वैशाख २७,२०८२

एमाले प्रवेश गर्न लागेकी हुन् नायिका श्वेता खड्का ?


काठमाडौं, १२ असार । नायिका स्वेता खड्काले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छिन् ।

स्वेताले श्रीमान विजयन्द्र सिंह राउत र छोरीसहित बालकोट पुगेर ओलीलाई भेट गरेकी हुन् । उनले ओलीसँग खिचिएका तस्वीरहरू सामाजिक सञ्जालमा राख्दै छोरी ब्रीआनाको अध्यक्ष ओलीसँग पहिलो भेट भएको लेखेकी छिन् ।

यस्तै उनले ‘काम ठुलो हुन नपर्ने, जे गर्छौं प्रेम पुर्वक गर्दा सदैव लक्ष्मीको बास हुने’ लेखेकी छन् । ओलीले स्वेताकी छोरी ब्रीआनालाई बोकेका थिए । ब्रीआना पनि ओलीसँग लुटुपुटु गरेर खेलिरहेको तस्वीरमा देखिन्छ ।

स्वेता परिवारले ओलीलाई भेटेपछि उनी एमालेमा प्रवेश गर्न लागेकी हुन् भन्ने आशंकासमेत समेत गर्न थालिएको छ । तर श्वेताले भने ओलीसँग भेट्नुको राजनीतिक प्रसंग खुलाएकी छैनन् ।


क्याटेगोरी : समाचार
ट्याग : #श्वेता खड्का


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Fair
5:16 am6:44 pm +0545