Techie IT
आईतबार, जेठ १७,२०८३

बजेट पारितमा नेकपा एसको सहयोग


काठमाडौं असार १३ । नेकपा एकीकृत समाजवादीले बजेट पारितमा सहयोग गर्ने भएको छ। आज बसेको संसदीय दलको बैठकले बजेट पारितको समर्थन गर्ने निर्णय गरेको हो।

बजेटको बारेमा नेकपा एसका नेताहरुले विरोध जनाउँदै आएका छन्। आजै बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री, अर्थमन्त्री र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसहित केही सांसदबीच आज भएको वार्तापछि बजेट पारितमा सहयोग गर्ने निष्कर्षमा पुगेको हो।

यसैबारे जनता समाजवादी पार्टीको पनि संसदीय दलको बैठक बस्दै छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot news, #नेकपा एसको सहयोग


तपाईको कमेन्ट लेख्नुहोस्