कविता : पर्खिरहेछु त्यो दिन

© स्वागत नेपाल
पर्खिरहेछु त्यो दिन
जुन दिन एउटा सैनिकले
आफूले स्यालुट हानिरहेको नेतालाई
गोली हान्ने छ छातीमा
र, मुक्त गराउने छ यो देशलाई
परलोकतन्त्रको पञ्जाबाट ।
पर्खिरहेछु त्यो दिन
जुन दिन एउटा मन्त्रीको ड्राइभरले
सोझै लगेर झार्नेछ
मन्त्री सहितको गाडी कर्णालीमा
र भन्ने छ–मैले किन बचाई बचाई
कुदाउने गाडीमा त्यसैलाई
जसले सोझै लगेर जाकिदियो
भड्खालामा देशैलाई
पर्खिरहेछु त्यो दिन
जुन दिन एउटा न्यायाधीसको अर्दलीले
सेकुवा पोल्दै खुवाउँदै
जीवनभर शीर झुकाएर बोलिरहेको श्रीमान्सँग
आँखा जुधाएर हेर्ने छ
र, सेकुवा पोलिरहेको राताताता झिरहरुले
रोपिदिने छ न्यायाधीसको आँखामा
अनि भन्ने छ– त्यो आँखाको के काम छ ?
फैसला त आँखामा पट्टी बाँधेर पो गर्नु पर्दछ ।
पर्खिरहेछु त्यो दिन
जुन दिन सडकपेटीमा
मकै पोलेर
गुजारा गरिरहेकी एउटी आमाले
सफा गाडीभित्र हुँइकिइरहेका
फोहोरी तस्करहरुलाई
निकाल्नेछिन् गाडीबाट बाहिर
र, ज्यूँदै पोल्न थाल्छिन् चौबाटोमा
पर्खिरहेछु त्यो दिन
जुन दिन
अंगरक्षकहरुबाट घेरिएर
शहीद दिवसको मौन धारणमा
आँखा चिम्लिएर मनमनै
देशको लागि मूर्खतापूर्वक ज्यान दिने
आफ्नै शहीद साथीलाई व्यंग्य गर्दै
मौनधारणको एक मिनेटमा पनि
कमिशनको हिसाब गरिरहेको
त्यो राजनीतिक व्यापारीलाई
आगो लगाउने छन्
शहीद सन्तानहरुले ।
यो कविता लेखिरहँदा
पर्खिरहेछु त्यो दिन,
मेरो मलामीको दिन
हो, म त्यो दिन पर्खिरहेछु मेरो मलामीको
धेरै मान्छेहरु होइन,
मेरो मलामीका लागि म पर्खिरहने छु
त्यही एउटा देशभक्त सैनिकलाई
त्यही एउटा साहसिलो ड्राइभरलाई
त्यही एउटा इमानदार अर्दलीलाई
तिनै एउटी श्रमजीवी आमालाई
तिनै शहीद–सन्तानहरुलाई
म पर्खिरहेछु त्यो दिन
क्याटेगोरी : विचार/बहस
ट्याग : #पर्खिरहेछु त्यो दिन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्