ओलीले देउवालाई राखे प्रस्तावः निशर्त प्रधानमन्त्री भइदिनुस्
काठमाडौं १२ असार । नेकपा माओवादी केन्द्र का सचिव डिलाराम आचार्यले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई निशर्त प्रधानमन्त्री भइदिन आग्रह गरिरहेको खुलासा गरेका छन् । हिजो सोमबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले एमालेलाई सरकारमा सहभागिताको टड्कारो आवश्यकता देखापरेकाले ओली निरन्तर प्रचण्ड नेतृत्वको सरकार ढाल्न लागि परेको उनको दाबी छ ।
‘यो चराचर जगतमा जतिपनि जीवित प्राणीहरु छन्, सबैको प्राण कहि न कहि धरापमा परेकै हुन्छ र हामी मृत्युसँग संघर्ष गरेर बाँचिरहेका हुन्छौं । अहिले न्युजहरुको केही विश्लेषण हेर्दाखेरी सबै भन्दा बेसी सरकारमा सहभागिताको टड्कारो आवश्यकता एमालेलाई परेको छ । निःशर्त भएपनि लौन प्रधानमन्त्री भइदिन पर्यो भन्ने प्रस्ताव शेरबहादुर कहाँ पुगेको छ,’– आचार्यले भने ।
एक पटक ओइलाएको कांग्रेसलाई पानी छम्काएर माओवादीले जगाएको उनको दाबी छ । कांग्रेस सभापति देउवाले एमालेबाट पहिला पाएको धोखाबाट शिक्षा लिएको हुनुपर्ने उनले बताए । गत पुष १० गते प्रचण्ड प्रधानमन्त्री बन्दाको परिस्थिति स्मरण गर्दै उनले भने,– ‘शेरबहादुरले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछु भनेर अघिल्लो दिन दिएको वचन अर्को दिन साढे १२ बजेसम्म नबोलेर बसेको किन हो भन्दाखेरी ओलीजीकै आश्वासन हो । म बनाइदिन्छु तपाईलाई प्रधानमन्त्री दायाँबायाँ नगर्नुस् भनिसकेपछि जुन उलटफेर देख्नु भएको छ शेरबहादुरजीले त्यसबाट निश्चित शिक्षा लिनुभयो होला भन्ने कुरामा म विश्वस्त छु ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #ओलीले देउवालाई राखे प्रस्ताव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्