भाटभटेनीका मालिक पक्राउ
काठमाडौं, १२ असार ।ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ पक्राउ परेका छन् ।
मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई पक्राउ गरेको सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले जानकारी दिइन् । गुरुङलाई प्रहरीले उनकै निवास नक्सालबाट पक्राउ गरेको सीआईबी स्रोतले जनाएको छ । एआईजी बज्राचार्यले अपरेशन चलिरहेको र ललितानिवास प्रकरणमा मुछिएका अन्य व्यक्तिलाई पनि खोजिरहेको बताइन् । पक्राउ परेका गुरुङ प्रहरीको फरारको सूचीमा थिए ।
गुरुङले मिलेमतोमा ललितानिवासको सरकारी जग्गा सबैभन्दा बढी खरिद गरेको पाइएको छ । ललितानिवास प्रकरणमा मुछिएका गुरुङसँग २०७७ सालमा विशेष अदालतले दुई करोड रुपैयाँ धरौटी मागेको थियो । तर, गुरुङ मुद्दा दायर भएको एक वर्षपछि अदालतमा हाजिर भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #भाटभटेनीका मालिक पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्