सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी नेकपा एमाले र राष्ट्रि स्वतन्त्र पार्टी ,सदनमा अवरोध सिर्जना

काठमाडौं असार १२ । जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध प्रमुख विपक्षी नेकपा एमाले र राष्ट्रि स्वतन्त्र पार्टीले सदनको नियमित कारवाहीमा अवरोध सिर्जना गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको कारबाही शुरु हुनासाथ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्थमन्त्री डा प्रकाशशरण महतलाई रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए । अर्थमन्त्रीले बजेट वक्तव्यमा जिल्ला निर्वाचन कार्यालय खारेज गरेर जिल्ला प्रशासन कार्यालय मातहत राख्ने निर्णयले निष्पक्ष निर्वाचनविरुद्ध सरकार रहेको देखिएको भन्दै रुलिङ माग गरेका थिए ।
उनले सदनको कारबाही अघि बढ्न नसक्ने भनेपछि सभामुखले एमालेका सूर्य थापालाई समय दिए । थापाले निर्वाचन र तथ्यांक कार्यालय खारेज गर्ने निर्णय फिर्ता नभए सदनको कारबाही अघि नबढ्ने बताए । त्यस्तै रास्वपा सभापतिले पनि अर्थमन्त्रीले सो निर्णय फिर्ता नलिए सदन नचल्ने बताए ।
सभामुख देवराज घिमिरले अर्थमन्त्रीले जवाफ दिने कार्यक्रम रहेकाले नियमित कार्यसूचीमा जान आग्रह गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot news, #सदनमा अवरोध सिर्जना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्